• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   युएईविरुद्ध कुशल भुर्तेल गोल्डेन डकआउट ★   धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ★   युएईविरुद्ध नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने ★   शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी ★   हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना ★   रोहित शर्मा २५० आईपीएल खेल खेल्ने दोस्रो खेलाडी ★   प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट ★   कोशी प्रदेशको राजनीति झन् पेचिलो ★   सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते ★   सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ जना घाइते (अपडेट)

अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै



काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उनी आफ्नै खर्चमा ४ः४५ बजे उडानमार्फत धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।

सरकारले अनशनरत डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो ।

तर, १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।