• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघको स्वागत र्‍याली



काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि यसलाई राष्ट्रपतिको ऐतिहासिक कदम भन्दै युवा संघले नयाँबानेश्वरमा स्वागत र्‍याली आयोजना गरेको हो ।

र्‍यालीमा एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेल लगायत थुप्रै कार्यकर्ताहरु उपस्थित छन् ।

राष्ट्रपतिको उक्त कदमलाई लिएर समर्थन र विरोध भइरहेको छ । एकपक्षले राष्ट्रपतिको निर्णयले संविधानको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाइरहेका छन् भने अर्काथरीले देश र राष्ट्रियताको पक्षमा राष्ट्रपतिले संविधानभन्दा माथि उठेर साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् ।