२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीको समर्थनमा युवा संघको स्वागत र्‍याली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपतिको समर्थनमा प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि यसलाई राष्ट्रपतिको ऐतिहासिक कदम भन्दै युवा संघले नयाँबानेश्वरमा स्वागत र्‍याली आयोजना गरेको हो ।

र्‍यालीमा एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेल लगायत थुप्रै कार्यकर्ताहरु उपस्थित छन् ।

राष्ट्रपतिको उक्त कदमलाई लिएर समर्थन र विरोध भइरहेको छ । एकपक्षले राष्ट्रपतिको निर्णयले संविधानको गम्भीर उल्लंघन भएको भन्दै आपत्ति जनाइरहेका छन् भने अर्काथरीले देश र राष्ट्रियताको पक्षमा राष्ट्रपतिले संविधानभन्दा माथि उठेर साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् ।