• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम 

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष



काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले दुईपटक सम्म पास गरेर पठाएको नागरिकता विधेयक १५ दिनसम्ममा पनि प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाएका थिए । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि ४ असोज (मंगलबार मध्यरात) बाट समाप्त भएको छ ।

नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनले निष्कर्ष निकालेको छ छ । राष्ट्रपतिको कदम असंवैधानिक रहेको र गठबन्धनको तर्फबाट वक्तव्य आउँने माओवादी उपमहासचिव वर्षमान पुनले बताएका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ ।