• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

राष्ट्रपतिको राजीनामा माग गर्दै सिरहामा विरोध प्रदर्शन



जनकपुरधाम । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

समय सीमाभित्र नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध राजमार्गमा टायर बालेर कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको प्रदर्शनकारीले बताए ।