९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौँको चाडपर्व सुरक्षाः तीन हजार ३४३ प्रहरी परिचालन हुने

काठमाडौँको चाडपर्व सुरक्षाः तीन हजार ३४३ प्रहरी परिचालन हुने
अ अ+ अ-

काठमाडौँ । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना सङ्कलन तथा प्रहरी परिचालन गरिने भएको छ ।

काठमाडौँ प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तक्र्रिया गरिने भएको छ ।

चाडपर्वको समयमा काठमाडौँको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौँ प्रवेश गर्ने नाकामा सिसिटिभीबाट मनिटरिङ गर्ने, ड्रोनबाट तस्बिर लिई सुरक्षा प्रदान गर्ने, अनुसन्धानमा दक्ष कुकुरको प्रयोग गर्ने, प्रहरी एप्सको प्रयोग गरिने प्रवक्ता मैनालीले बताउनुभयो ।

यस्तै, काठमाडौँभित्र रहेका १४ प्रहरी वृत्तमा कार्यरत प्रहरीलाई प्रभावकारी परिचालन गरिने, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउण्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमाण्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एण्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।

यसैगरी, १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सिआरबी परिचालन, छ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।