९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या

सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या
प्रहरी उपरीक्षक प्रभु ढकाल
अ अ+ अ-

काठमाडौँ । ६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षिय नकुल राईलाई प्रहरीले आज (मंगलवार) सार्वजनिक गरेको हो । उनले हत्या गरेको स्विकारेसँगै चोरी र लुटपातको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपात प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनु भयो ।

घटना बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरेको छ बताउनु भयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले पक्राउ परेको दुवै उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।