९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संविधानको रक्षा र पालनामा सबैको इमान्दार प्रयास आवश्यकः राष्ट्रपति

संविधानको रक्षा र पालनामा सबैको इमान्दार प्रयास आवश्यकः राष्ट्रपति
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित स्वागत समारोहमा उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयास निरन्तर जारी रहेको बताउनुभयो ।

यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निकट भविष्यमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीनै तहको निर्वाचनपश्चात् जनप्रतिनिधिहरूले मुलुकको बृहत्तर हितलाई प्राथमिकतामा राखी सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकासका लागि अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई सात वर्ष पूरा भएको सुखद अवसरमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “आज नेपालमा मात्र नभई नेपालीहरू रहेका विश्वका विभिन्न मुलुकमा समेत संविधान दिवस भव्यताका साथ मनाइँदैछ । यस ऐतिहासिक अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

नेपालको संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको जनाउँदै राष्ट्रपति भण्डारीले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।

“लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता, हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट नेपालको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ”, उहाँले भन्नुभयो । नेपालले आफ्नो विकास प्रक्रियामा भोगिरहेका चुनौती बहुआयामिक रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनबाट उत्पन्न प्रभावको सामना गर्न हाम्रो जस्तो पर्वतीय मुलुकमा अनुकूलनका कार्यक्रमहरूको ठूलो आवश्यकता छ, युवा शक्तिका लागि स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नुपरेको बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायत क्षेत्रमा व्यापक र दूरगामी महत्वका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यी सबै कार्यका लागि हामीलाई स्रोत, साधन र सीपको आवश्यकता पर्दछ”, उहाँले भन्नुभयो, “आज यस कार्यक्रममा नेपालको विकास साझेदार मित्रहरू उपस्थित हुनुहुन्छ, नेपालको विकासमा पु¥याउँदै आउनुभएको सहयोगका साथै नेपालको संविधानप्रति तपाईंहरूले जनाउनुभएको समर्थन तथा ऐक्यबद्धताका लागि समेत यस ऐतिहासिक अवसरमा आभार प्रकट गर्दछु ।”

भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीको समयमा नेपाललाई विभिन्न मित्र राष्ट्रहरूबाट प्राप्त सहयोगका लागि राष्ट्रपतिले कृतज्ञता व्यक्त गर्नुभयो । संयुक्त राष्ट्र सङ्घको सदस्य भएको नाताले यसको बडापत्रप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको जनाउँदै उहाँले असंलग्नता, पञ्चशीलका सिद्धान्त तथा पारस्परिक लाभ र मित्रतामा आधारित परराष्ट्र नीतिलाई नेपालले सदैव अवलम्बन गर्दै आएको जनाउनुभयो । “नेपालको लोकतन्त्रलाई थप सुदृढ गर्न तथा नेपाली जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्ने हाम्रो प्रयासमा अन्तर्राष्ट्रिय समुदायको निरन्तर साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

संवैधानिक सर्वोच्चता, विधिको शासन, लैङ्गिक हिंसा तथा जातीय भेदभावको अन्त्य, पर्यावरणीय सुरक्षा र मानवअधिकारको सम्मान नेपालका प्राथमिकताका विषय हुन् । साथै, दिगो विकासका लक्ष्यहरू प्राप्त गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई साकार रूप दिन कृत सङ्कल्पित रहेको जनाउँदै राष्ट्रपति भण्डारीले केही वर्षभित्रै नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुन गइरहेको बताउनुभयो ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख, नेतागण, राजदूत तथा नियोग प्रमुख, उद्योगी व्यवसायीलगायत विशिष्ट महानुभावको उपस्थिति थियो । कार्यक्रममा नेपालको कला संस्कृति झल्कने वेशभूषासहित मयूर नाच, सोरठी नृत्य, चण्डालिका नृत्य, लाखे, सकेलालगायत नृत्य प्रस्तुत गरिएको थियो ।