३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर

भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर
अ+ अ-

कलकत्ता । भारतको एक अदालतले शनिबार एक ३३ वर्षीय पुरुषलाई चिकित्सकको बलात्कार र हत्याको दोषी ठहर गरेको छ ।

गत अगस्टमा पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो ।

घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए ।

प्रतिवादी सञ्जय रोयको मुद्दा द्रूत गतिमा सुनुवाई अघि बढाइएको थियो र यस मुद्दामा एक हप्ता अघि मात्र बहस सकिएको थियो।

अस्पतालका नागरिक स्वयंसेवक रहेका रोयलाई बलात्कार र हत्याको दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले सोमबार सजाय सुनाइने बताउनुभएको छ ।

रोयले लगातार आफू निर्दोष रहेको बताउँदै आएका छन् । फैसलापछि उनले भने, “मलाई फसाइएको छ।”

रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उहाँविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।

उनीहरूले नारा लगाउँदै भने, “बलात्कारीलाई फाँसी देऊ, फाँसी देऊ।“

यौन हिंसाका घटनाहरूको रिपोर्टिङको सन्दर्भमा भारतीय कानूनअनुसार पहिचान नगरिएका पीडितका परिवारले पनि यो भावनालाई प्रतिबिम्बित गरेका थिए।

रोयबाट केही मिटरको दूरीमा बसेकी पीडितकी आमाले एएफपीसँग भन्नुभयो, “यदि उसलाई मृत्युदण्ड दिइएन भने आम मानिसले न्यायपालिका माथिको विश्वास गुमाउनेछन्।”

मृतक युवतीका बुबाले अझै भन्नुभयो, “उसले हाम्रो छोरीको जीवनलाई क्रूरतापूर्वक अन्त्य गरेको छ । उ पनि त्यस्तै नियतिको हकदार हुन्छ।”

एक चिकित्सकमाथिको अपराधले देशव्यापी आक्रोश निम्त्यायो र राज्यभरिका डाक्टरहरूले पीडितलाई न्याय दिन र सरकारी अस्पतालहरूमा कडा सुरक्षा उपायहरूको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए ।

मृतकको शव फेला परेको एक दिनपछि रोयलाई पक्राउ गरिएको थियो ।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।