९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान

राष्ट्रपतिद्वारा प्रा डा सूर्य सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान
अ अ+ अ-

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको छ । जसअनुसार प्रा डा सूर्यप्रसाद सुवेदीलाई ‘प्रसिद्ध प्रबल जनसेवा श्री’ प्रदान गरिएको छ ।

अहिलेसम्म गैरआवासीय नेपालीहरुले पाएका मानपदवीहरुमध्ये यस्तो उपल्लो तहको मानपदवी पाउने प्रा सुवेदी पहिलो व्यक्ति हुनुहुन्छ । भौतिकरूपमा विदेशमा रहे पनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले आफ्नो योगदानको मूल्याङ्कन भएकामा नेपाल राष्ट्रप्रति आभार व्यक्त गर्नुभयो ।

सरकारमा जो आए पनि परिआउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिका रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा सुवेदीले सल्लाह दिँदै आउनुभएको छ ।

नेपालको नयाँ नक्सा समावेश गरेर संविधान संशोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सीमासम्बन्धी विज्ञ समूहको सदस्यका रूपमा भूमिका निर्वाह गर्नुभएको छ । साथै नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ भने सन् २०२२ मा अमेरिकासँगको एमसीसी सम्झौता संसद्ले अनुमोदन गर्ने कार्यमा उहाँको भूमिका प्रशंसनीय रहेको सरकारको भनाइ छ ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्रा सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्वभित्र पर्नुहुन्छ । प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिइसक्नुभएको छ भने अन्य धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।

बेलायत र अमेरिकालगायतका पाँचवटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भई प्रकाशन भएका छन् । उहाँको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ अन्तर्राष्ट्रियरूपमै चर्चित ग्रन्थ हो । उहाँले मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाबाट उहाँले मानार्थ ओबिई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानूनविद्हरुलाई दिइने उच्च उपाधि प्राप्त गरिसक्नुभएको छ ।

प्रा सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उहाँको नाममा वार्षिक स्थायी पुरस्कार स्थापनासमेत गरेको छ । क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उहाँको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयनसमेत भएको थियो ।