५ माघ २०८१, शनिबार
,
Latest
रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या भारतीय अस्पतालमा भएको बलात्कारको घटनामा रोय दोषी ठहर १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ‘नेपाल वुड एक्स्पोः उत्पादित सामग्रीहरुको प्रचार प्रसारको सही माध्यम’: व्यवसायीहरु ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’ स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेशलाई दिन सकिन्छः प्रमुख निर्वाचन आयुक्त थपलिया ‘कानूनी परिधिभित्र रहेर व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ’ अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुआमा हराएपछि छोराछोरीको बिचल्ली



अ+ अ-

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उहाँकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुको छोराछोरी बिचल्लीमा परेका छन् ।

विसं २०७८ माघ ९ गते दुवै घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने थिए । दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ । बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास समस्यामा छन् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् । आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताउनुभयो । रामकलीले भन्नुभयो, “सकेजति आमाबुवाको खोजी गरिहेका छाँै तर कहीँ कतै भेटिनुभएको छैन ।”

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताउनुभयो । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहीले भन्नुभयो, “अहिलेसम्म कहीँबाट कुनै खबर आएको छैन आएपछि हामी परिवारलाई तत्काल बोलाउँछौँ ।”

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहनुहुन्छ । हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताउनुभयो । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उहाँले बताउनुभयो । एक दिन आउछन् भन्ने विश्वास रहेको उहाँको भनाइ थियो । माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो साहारा हुनुहुन्थ्यो भन्नुभयो ।