५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्न छ: प्रदीप ज्ञवाली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धनलाई देश र जनताको चिन्ता नभएको टिप्पणी गरेका छन् ।

च्यासलस्थित पार्टी कार्यलयमा जारी पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्ष सम्ममा को-को पालो गरेर प्रधानमन्त्री बन्ने भन्ने ध्याउन्नमा पाँच दल अड्किएको बताए ।

ज्ञवालीले भने, ‘अहिलेसम्म ५ वर्षमा को-को पालो गरेर प्रधानमन्त्री बन्नेमा लागेका छन् । उनीहरूलाई जनताको चिन्ता छैन, अछाममा बाढी आओस्, डेंगु आओस् एकरति आँसु नि झार्दैनन् ।

भागबण्डा नमिलेर प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाइएको उनको आरोप छ । उनले भने, ‘हिजो सबैको लागि महान भएको प्रधानन्यायाधीश, के चाहिँ भागबण्डा मिलेन कुन्नी महाअभियोग लगाइयो । उनी अहिले पनि प्रधानन्यायाधीश नै हुन् देशको चौथो वरीयताको मान्छेको हालत यस्तो छ झन जनताको के होला?’

 

 




भर्खरै