• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु ★   उपप्रधान एवं गृहमन्त्रीसँग निलहिरा समाजका प्रतिनिधिको छलफल ★   दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश ★   बागमती प्रदेशसभाको बैठक बैशाख ३१ गते आह्वान ★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

एमालेले तय गर्‍यो समानुपातिकतर्फका उम्मेदवारहरु



काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवारहरु तय गरेको छ ।

आईतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाएको हो ।

जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय गरिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नु भयो, ‘बैठकले आगामी मंसीर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा अन्तरगतको चालिस प्रतिशतले हुने समानुपातिकतर्फ हुने उम्मेदवारहरुको नामावली प्रस्ताव गरी पारित गरिएको छ ।

११० जनाको नाम प्रस्ताव हुँदाखेरी आदिवासी, जनजातितर्फ ३२ जना, खर्स आर्यतर्फ ३४ जना, त्यस्तै थारुतर्फ ७ जना, दलिततर्फ १५ जना । मधेशीतर्फ १७ जना, त्यसमध्ये ९ जना महिला र ८ जना पुरुष । र, मुस्लिमतर्फ ५ जना । ३ जना महिला र २ जना पुरुष । महिला ५७ जना हुने गरेर ११० समानुपातिकतर्फका उम्मेदवारहरुको नाम तय गरेको छौ हामीले । त्यस्तै प्रदेश नम्बर १ का लागि २० जना महिला नकटने गरी ३७ जनाको नाम लिष्ट तयार गरेका छौं ।

मधेश प्रदेशको लागि २३ जना महिला नघटने गरेर ४३ जनाको नामावली हामीले तयार गरेका छौं । त्यस्तै बागमती प्रदेशको लागि आदिवासी जनजातिहरुको २३ जना । १२ महिला र ११ पुरुष । त्यस्तै खसआर्य तर्फ १६ जना । महिला ८, पुरुष ८ । थारुतर्फ १ जना महिला दलिततर्फ ३ जना । २ महिला र १ पुरुष । मधेशीतर्फ १ जना महिला र मुस्लिमतर्फ । त्यस्तै गरेर गण्डकी प्रदेशका लागि आदिवासी, जनजातितर्फ २३ जना ।

१२ जना महिला, ११ जना पुरुष । खस आर्यतर्फ ९ जनामा ५ जना महिला र ४ जना पुरुष । त्यस्तै दलिततर्फ ४ जना । २ जना महिला र २ जना पुरुष । गण्डकी प्रदेशको २४ जनाको नामावली तयार भएको छ । त्यसमा महिला १३ जना रहने व्यवस्था गरिएको छ । त्यस्तै लुम्विनी प्रदेशको लागि आदिवासी, जनजातिको तर्फबाट ७ जना । ४ जना महिला, ३ जना पुरुष ।

खसआर्यतर्फ १७ जना । ९ जना महिला र ड जना पुरुष । थारुतर्फ ५ जना मध्ये ३ जना महिला र २ जना पुरुष । मधेशीमा ५ जना । ३ जना महिला र २ जना पुरुष । र, मुस्लिममा ३ जना मध्ये २ जना महिला र १ जना पुरुष गरेर महिला २० जना नघट्ने गरेर ३५ जना । तीन जना अल्पसंख्यक सहित रहनेगरी नामावली तयार परेका छौं । त्यस्तै गरेर कर्णाली प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला ।

खसआर्यको तर्फबाट १० जनामध्ये ५ जना महिला, छ जना पुरुष । दलिततर्फ ४ जना मध्ये २ जना महिला, २ जना पुरुष । यसमा १६ जना मध्ये ५ जना पिछडिएको क्षेत्र समेत रहने गरेर बढिमा महिला ८ जना गरेर हामीले यो लिष्ट तयार गरेका छौं । र, सुदूरपश्चिम प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला ।

खसआर्य तर्फबाट ६ जना महिला, ६ जना पुरुष । थारुतर्फ २ जना पुरुष, २ जना महिला । र, दलिततर्फ २ जना महिला र २ जना पुरुष । र, मधेशी १ जना महिला र मुस्लिम १ जना महिला गरेर २१ जनामा ३ जना पीछडिएको क्षेत्रसहित महिला ११ जना गरेर हामीले टोटल प्रदेशसभाका लागि २२० जनाको नाम लिष्ट तयार गरेका छौं । यो नामावली भोली निर्वाचन आयोगमा बुझाउँछौं ।’