३ आश्विन २०८१, बिहीबार
,
Latest
माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल निर्वाचन प्रणाली निकै महंगो भयो, दलहरुले प्रतिनिधित्व छनोटमै ध्यान दिनुपर्छ – सभापति लामिछाने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने संसदले हेर्नेछः बिडारी(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग पस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको छ ।

आईतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको हो । उहाँले संसद जीवित रहेको पनि बताउनु भयो । उहाँले संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पार्नुभयो । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उहाँको तर्क छ ।

उहाँले भन्नुभयो – ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसदले हेर्छ । आवश्यक प¥यो भने अहिले पनि संसद भंग भएको छैन । विघटन भएको छैन । यो संसद अहिलेपनि अधिवेशन अन्त्य भएको हो । त्यसकारणले यति कुरा पनि नबुझेको जस्तोगरी मान्छेले भुत्भुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरी बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यसकारणले त्यो गर्नुपनि परेन । अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसदले अब हेर्छ ।’

वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन ।

नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । र बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’

उहाँले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताउनु भयो ।