२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्र अदालतमाथि मजाक गरे: बार अध्यक्ष घिमिरे



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताउनुभएको छ ।

आईतवार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निलम्वित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताउनु भयो । उहाँले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताउनु भयो ।

उहाँले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन । यो केवल अदालतमाथि मजाक भइराखेको छ । सांसदहरुको कार्यकाल सकिएको हो । संसद सकिएको होइन । संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले गर्दा संसद सकिँदैन । सांसदहरुको कार्यकाल सकिएको छ । तर कार्यकाल सकिनुभन्दा पहिला नै यति धेरै प्रक्रिया अगाडी बढिसक्यो कि उहाँसँग बयान लिइयो । त्यसपछि प्रतिवेदन बन्यो । प्रतिवेदन बनाएर फुल हाउस समक्ष पेस गरेको छ । अब त्यो आगामी संसदले त्यसलाई प्रष्ट गर्नेछ ।’

उहाँले बारले हालसम्म कुनै बिरोधको कार्यक्रम तय नगरेको स्पष्ट पार्नुभयो । प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने बिरोधको कार्यक्रम हुने उहाँको भनाइ छ ।