२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ स्टक एक्सचेन्ज खोल्न प्रस्ताव आह्वान



अ+ अ-

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को एकाधिकार अब समाप्त हुन लागेको छ ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्ज खोल्न प्रस्ताव आह्वान गरेसँगै नेप्सेमाथि दबाब सिर्जना भएको हो ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीमैत्री र अन्तरराष्ट्रिय स्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न नयाँ स्टक एक्सचेन्ज खोल्ने गरी बोर्डले प्रस्ताव आह्वान गरेको छ ।

बोर्डले ४५ दिनभित्र ईच्छुक संघसंस्थाले निवेदन दिन भनेको छ । र बोर्डले प्राप्त गरेका निवेदनको मूल्याङ्कन गरी सरकार समक्ष सिफारिस गर्नेछ

बैकल्पिक स्टक एक्सचेन्ज गठनलाई लिएर यसअघिदेखि बिरोध हुँदै आएको थियो तर सरकारले बजेटमै नयाँ संस्था गठन गर्ने जनाएको थियो । तर कतिपयले यसमा आर्थिक चलखेल भएको आशंका गरेका छन् ।

stock exchange notice