२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वर्तमान संसद्को कार्यकाल सफल रह्यो’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताउनुभयो ।

उहाँले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताउनुभयो । उहाँले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको धारणा राख्नुभयो ।