९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हराएको १३ घण्टापछि २२ महिने शिशु झाडीभित्र सकुशल फेला

हराएको १३ घण्टापछि २२ महिने शिशु झाडीभित्र सकुशल फेला
अ अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित खाम्लाकी २२ महिनाकी बालिका स्नेहा राई घरबाट हराएकोमा केही समयपछि झाडीभित्र सकुशल भेटिएकी छन् ।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो २ः३० बजे हराएकी स्नेहा आज बिहान घरदेखि करिब साढे दुई किलोमिटर तल झाडीभित्र एक्लै भेटिएकी हुन् । राम्रो बोल्न र हिँड्नसमेत नसक्ने स्नेहा घाँस काट्न जानुभएकी स्थानीय मिनकला राईले झाडीभित्र एक्ली बसिरहेका अवस्था सकुशल फेला पार्नुभएको निवर्तमान वडाध्यक्ष भीम राईले बताउनुभयो ।

“बालिकाको अवस्था हेर्दा सकुशल रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “रातभर पानी परेको र लामो समयसम्म एक्लै रहेकाले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था पठाउने तयारी भइरहेको छ ।”

घाँस काट्न जानेक्रममा वनमारा, विभिन्न प्रजातिका बोटबिरुवा र खर (घरको छाना छाउन प्रयोग गरिने घाँस) रहेको झाडीभित्र बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा स्नेहालाई भेटेको मिनकलाले जानकारी दिनुभयो । “गाउँमा बच्चा हराएको हिजोदेखि नै हल्ला चलेको थियो”, उहाँले भन्नुभयो, “बिहान डोको लिएर घाँस काट्न जाँदा झाडीभित्र सानो नानी रोएको आवाज सुनेँ १ हेर्न जाँदा एक्लै बसिरहेकी देखेँ १ बोलाउँदा आउन नसकेपछि आफैँ झाडीभित्र गएर बोकेर बाहिर ल्याएँ १ अनि बच्चीको परिवारलाई बोलाएर आएपछि उनीहरुलाई बुझाएकी छु ।”

राम्रो बोल्न र हिँड्नसमेत नसक्ने बालिका हराएको जानकारी प्राप्त भएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी रभर खोजी कार्यमा लागेका थिए । बुबा उमेश छिमेकीकामा पितृकार्य तथा आमा प्रिती राई ठूली छोरीलाई विद्यालय लगेर गएको समयमा स्नेहा हराएको पारिवारिक स्रोतले जनाएको छ ।

नुनथलाको घटनाका बारेमा यथार्थ बुझ्न प्रहरीलाई निर्देशन दिइएको जिल्ला सुरक्षा समिति खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताउनुभयो । प्रजिअ सेढाईंले सामाजिक सञ्जालमा आएको हल्लाको पछाडि नलाग्न र आफ्ना बालबालिको हेरचाहमा ध्यान दिन जिल्लावासीलाई आग्रह गर्नुभयो ।