५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको अन्तिम दिन: शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने भएको छ । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ–आफ्नो भनाइ राख्नुहुनेछ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।