६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइँदै



अ+ अ-

काठमाडौँ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । बिहान ९ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।

समितिले वरिष्ठ अधिवक्ताहरुसँग बिहीबर बयान लिएको थियो ।

समितिले जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।

समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

तर, बयानका क्रममा​ अधिवक्ताहरूले भने आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।