६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको घटनाका आरोपीलाई दोहामा पक्राउ गरी बिहीबार नेपाल ल्याइएको हो ।

उक्त घटनामा मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा इन्टरपोलद्वारा यही भदौ १४ गते रेड नोटिस जारी भएको थियो ।

इन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा पक्राउ गरी नेपाल पठाइएका उनलाई बिहीबार प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि धनुषा प्रहरीलाई बुझाएको छ ।