१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि पुन: बोलायो



file
अ+ अ-

काठमाडौँ I प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पुन बयानका लागि बोलाएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा नाम लिएका अधिवक्ताहरूसँग छलफल गरेपछि समितिले शुक्रबार बिहान ९ बजे पूरक बयानका लागि लागि बोलाएको छ । समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

बिहीबार समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरेको थियो ।

समितिले छलफलका लागि बोलाए पनि सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू भने उपस्थित नहुने जानकारी गराएका थिए ।

पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा उपस्थित नहुने पत्र मार्फत जानकारी गराउनु भएको थियो ।