• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो ! ★   दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा ★   सिन्धुलीको जुनारमा प्रोटिन–वेट छिट्न सुरु ★   विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौँ: परराष्ट्रमन्त्री श्रेष्ठ ★   कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ ★   आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ ★   गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता

पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन



काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।

राउफ पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए ।

उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो ।

तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा ब्रेक लागेको थियो ।

सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न आरोपहरु लगाउँदै पाँच वर्षको प्रतिवन्ध लगाइदिएको थियो ।

यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन ।