२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता



अ+ अ-

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।

खेलको १८ औँ मिनेटमा बोबीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३० औँ मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । खेलको ३९ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६३ औँ मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदलासमेत लियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई हराएको थियो । सेमिफाइनल खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । रासस