• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग सोधपुछ गर्ने, नेताहरुलाई भने नबोलाउने(भिडियोसहित)



file

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरुद्धको महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।

आज बिहान बसेको समितिको बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।

बैठकमा जबराले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको हो । उनीहरुलाई पत्राचार गरी सोधपुछका लागि बोलाउने निर्णय गरेको समितिले जानकारी दिएको छ ।

तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिएका छन् ।

महाअभियोग सिफारिस समितिको बैठक पुन: भोलि बस्ने भएको छ ।