९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु सुखद्ः चिनियाँ मामिला जानकार सापकोटा(भिडियोसहित)

अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु सुखद्ः चिनियाँ मामिला जानकार सापकोटा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताउनुभएको छ ।

विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको बताउनुभएको हो । उहाँले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताउनु भयो । उहाँले ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि बताउनु भयो । उहाँले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताउनु भयो । उहाँले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने कुरा उल्लेख गरिएको पनि बताउनु भयो ।

जानकार सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिनु सुखद् पक्ष रहेको बताउनु भयो ।  उहाँले नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेको बताउनु भयो । उहाँले अहिलेको नेपालको भूराजनीतिक महत्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

जानकार सापकोटाले भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको सार्वभौम संसदको भुमिका बढेर गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व राजनीतिमा आएको पछिल्लो शक्ति सन्तुलन र विश्व शक्ति राष्ट्रहरु बीचको कटु प्रतिष्पर्धातर्फ उन्मुख भइरहेको अहिलेको परिवेशमा नेपालको भूराजनीतिक महत्व बढेको छ । नेपालको भूराजनीतिक महत्व बढेसँगै विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । अहिले चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण अहिलेको नेपालको भूराजनीतिक महत्व बढेसँगै भएको जस्तो लाग्छ । भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्षमा, आफ्नो रणनीतिमा, आफ्नो कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण एमसीसी, एसपीपीबाट लिनसक्छौँ । आफ्ना कार्यक्रममा सहभागी गराउन शक्ति राष्ट्रहरुले चासो दिइरहेका छन् । हाम्रो राष्ट्रिय हीत, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय विकास र समृद्धिको महत्वकांक्षा छ, त्यसलाई सहयोग पुग्ने ढंगबाट हुनुपर्छ । अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको छ । यो बीचमा पार्टी टू पार्टीको सम्बन्ध पनि बिस्तार भएको छ ।’

‘ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको छ । त्यो भनेको नेपालको संघीय संसद र चीनको जन कंग्रेसको बीचमा यसअघि सहकार्य भएको देखिँदैन । पछिल्लो समय सन् २०१५ मा संविधान जारी गरेपछिको अवस्था हेर्दा सार्वभौम संसदको भुमिका बढेर गएको छ । नीति निर्माणको थलोको हिसावले मात्रै नभइ कार्यकारी पनि त्यहीँ उत्पत्ति हुन्छन् । अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिन थालेको छ । नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको देखिन्छ । अहिले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दापनि अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने भनिएको छ ।’

जानकार सापकोटाले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरु रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरु सिक्न लायक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढवा दिने बताउनु भयो । उहाँले सरकारसँगको सम्बन्धपछि संसदबीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने कुरा आफैँमा राम्रो रहेको बताउनु भयो । उहाँले संसदसँग संसदको सहकार्य छुटिरहेको अवस्थामा चीन र नेपालबीचको संसदीय सहकार्य सुचारु हुनेले नेपाल र चीनसँगको नयाँ आयाम बिस्तार भएको उल्लेख गर्नुभयो ।

जानकार सापकोटाले शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताउनु भयो । उहाँले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताउनु भयो । उहाँले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्नेकुरामा फाइदा उठाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने बताउनु भयो । उहाँले शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको र आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरुमा सहकार्य गर्न अघि सर्नुपर्ने बताउनु भयो ।

मामिला जानकार सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताउनु भयो । उहाँले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरुबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।