• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री ★   काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया शुरु ★   बालेनले सार्वजनिक गरे गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिने खोज्नेहरुको नाम ★   कांग्रेसको अवरोधले प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा अनिश्चित ★   आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली ★   सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध ★   गृहमन्त्रीले लगाएका आरोप प्रमाणित गरेर देखाउन कांग्रेसको चुनौती ★   प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु सुखद्ः चिनियाँ मामिला जानकार सापकोटा(भिडियोसहित)



काठमाडौँ । चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताउनुभएको छ ।

विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको बताउनुभएको हो । उहाँले अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको उल्लेख गर्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको बताउनु भयो । उहाँले ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि बताउनु भयो । उहाँले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताउनु भयो । उहाँले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दा अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने कुरा उल्लेख गरिएको पनि बताउनु भयो ।

जानकार सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिनु सुखद् पक्ष रहेको बताउनु भयो ।  उहाँले नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेको बताउनु भयो । उहाँले अहिलेको नेपालको भूराजनीतिक महत्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

जानकार सापकोटाले भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपालको सार्वभौम संसदको भुमिका बढेर गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्व राजनीतिमा आएको पछिल्लो शक्ति सन्तुलन र विश्व शक्ति राष्ट्रहरु बीचको कटु प्रतिष्पर्धातर्फ उन्मुख भइरहेको अहिलेको परिवेशमा नेपालको भूराजनीतिक महत्व बढेको छ । नेपालको भूराजनीतिक महत्व बढेसँगै विभिन्न शक्ति राष्ट्रहरु अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । अहिले चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण अहिलेको नेपालको भूराजनीतिक महत्व बढेसँगै भएको जस्तो लाग्छ । भूराजनीतिक महत्व बढेसँगै नेपाललाई आफ्नो पक्षमा, आफ्नो रणनीतिमा, आफ्नो कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्तिराष्ट्रबीचमा बढीरहेको छ । त्यसको प्रत्यक्ष उदाहरण एमसीसी, एसपीपीबाट लिनसक्छौँ । आफ्ना कार्यक्रममा सहभागी गराउन शक्ति राष्ट्रहरुले चासो दिइरहेका छन् । हाम्रो राष्ट्रिय हीत, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय विकास र समृद्धिको महत्वकांक्षा छ, त्यसलाई सहयोग पुग्ने ढंगबाट हुनुपर्छ । अहिलेसम्म सरकारदेखि सरकारसम्मको सम्बन्धले चीन र नेपालको सम्बन्धमा स्थान पाएको छ । यो बीचमा पार्टी टू पार्टीको सम्बन्ध पनि बिस्तार भएको छ ।’

‘ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको छ । त्यो भनेको नेपालको संघीय संसद र चीनको जन कंग्रेसको बीचमा यसअघि सहकार्य भएको देखिँदैन । पछिल्लो समय सन् २०१५ मा संविधान जारी गरेपछिको अवस्था हेर्दा सार्वभौम संसदको भुमिका बढेर गएको छ । नीति निर्माणको थलोको हिसावले मात्रै नभइ कार्यकारी पनि त्यहीँ उत्पत्ति हुन्छन् । अन्तर्राष्ट्रिय साझेदारीमा पनि सदनको भुमिका देखिन थालेको छ । नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको देखिन्छ । अहिले दुई देशबीचका सभामुखमा भएको सम्झौता हेर्दापनि अन्तर संसदीय सहकार्यलाई शुरुवात गर्ने भनिएको छ ।’

जानकार सापकोटाले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरु रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरु सिक्न लायक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढवा दिने बताउनु भयो । उहाँले सरकारसँगको सम्बन्धपछि संसदबीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने कुरा आफैँमा राम्रो रहेको बताउनु भयो । उहाँले संसदसँग संसदको सहकार्य छुटिरहेको अवस्थामा चीन र नेपालबीचको संसदीय सहकार्य सुचारु हुनेले नेपाल र चीनसँगको नयाँ आयाम बिस्तार भएको उल्लेख गर्नुभयो ।

जानकार सापकोटाले शक्ति राष्ट्रहरुसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्वन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताउनु भयो । उहाँले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताउनु भयो । उहाँले यस्ता भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र नेपालले यस किसिमका भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्नेकुरामा फाइदा उठाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको बताउँदै सहकार्य गर्न सशंकित हुने र गरेका सहकार्यको कार्यान्वयन गर्न ढिलाइ गर्नु नहुने बताउनु भयो । उहाँले शक्ति राष्ट्रहरुबीचको प्रतिष्पर्धाले अहिलेको नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको र आर्थिक विकास र समृद्धि अन्तर्राष्ट्रिय जल्दाबल्दा मुद्दाहरुमा सहकार्य गर्न अघि सर्नुपर्ने बताउनु भयो ।

मामिला जानकार सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताउनु भयो । उहाँले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरुबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।