१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फिर्ता



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फिर्ता भएको छ ।

बुधबार राति ११ बजे नारिताका लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको जनाइएको छ ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उड्ने तयारी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।