९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिको बैठक बस्दै
file
अ अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज बिहान नौ बजे समितिको बैठक पुनः बोलाइएको हो ।

जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यक्ता अनुसार वयान लिने समितिको योजना छ । यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भने महाअभियोग सिफारिस समितिका सबै बैठकहरु प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउन समितिसँग माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरु गलत ढंगले आम सञ्चार माध्याममा प्रशारण भएकाले त्यसो हुन नदिन अवका सबै बैठकहरु प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाउन आफूहरुले माग गरेको एमालेका उपाध्यक्ष एवम् समितिका सदस्य विष्णु पौडेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘समितिको बैठकमा केही महत्वपूर्ण विषयमा गम्भिरतापूर्वक छलफल गरियो ।

पहिलो प्रश्न समितिका छलफलहरु वास्तवमा सार्वजनिक सञ्चार माध्याममा ठिक ढंगले सम्प्रेषण नभएको, कतिपय विषयमा भ्रम सृजना भएको र गलत अर्थ लाग्ने गरी समाचारहरु सम्प्रेषण भएकोप्रति हामीले अत्यन्तै गम्भिरतापूर्वक प्रश्नहरु उठायौं । र, मुख्य गरिकन यो सुरुका दिनमा पनि हामीले भनेका थियौं– बैठकका कारबाहीहरु, बैठकमा भएका छलफलको बारेमा आम नागरिकलाई सही सूचना जारी गर्नका लागि सचिलो होस् भन्ने हिसावले हामीेले सुरुका दिनमा पनि भनेको थियौं–बैठक लाईभ गरौँ । महाअभियोग सिफारिस समितिका सबै बैठक लाईभ गरौं ।

मिडियाले यसो गर्दाखेरी जनतामा सही सूचना जान्छ भन्ने हाम्रो राय थियो । यसबीचमा हामीले लाईभ गरौं भनेपनि समितिको मेजरिटीले नमानेको हुनाले त्यो भएन । रेकर्ड उपलब्ध गर्ने कुरामात्रै भयो । यसबीचमा कति समाचार गलत भएर गएको पायौं । यसले गर्दा आज फेरी पनि हामीले भन्यौं कि–बैठकका गतिविधि लाईभ गरियोस् ।’

एमालेले सत्तारुढ दलका नेताहरुले समितिको गतिविधिलाई आफू अनुकूल हुने गरी समाचार माध्याममा दिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका थिए ।