७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण
अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो

किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरण गर्न थालीएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए । उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ ।

तीन कठ्ठासम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । चार कठ्ठादेखि १५ कठ्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट रु एक लाख देखि रु पाँच लाख सम्म वार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ ।

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलव्ध गराईने छ । पन्ध्र कठ्ठादेखि तीन विघा जग्गा भएका , कृषिबाट रु पाँच लाख देखि रु १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ । मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट रु १५ लाख देखि ५० लाख सम्म आय भएका किसानलाई ठुला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलव्ध गराइने छ । जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको कार्यालय प्रमुख धामीले बतााए ।

“नगरपालिका नौ वटै वडा कार्यालय मार्फत परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौं” कृषि शाखा प्रमुख धामीले भने, “परिचय पत्र वितरण गर्ने कार्यको सोमवार नगर प्रमुख हेमराज ओझाले शुभारम्भ गर्नुभएको छ , पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन,बाँकी परिचय पत्र वडा कार्यालयले बाँडछन ।” नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सूचिकृत गरेको छ ।

भूमिहीन, सीमान्तकृत, किसान मजदुरको सङख्या चार हजार ३८९, साना किसान पाँच हजार २०१, मझौला किसान एक हजार ५६५ र ठुला किसान ३२२ रहेका छन । सूचिकृत नहुने किसान ३७२ रहेका छन ।“गणकहरुको नियुक्ति गरी तालिम दिएर किसानको घर घरमा तथ्याङ्क संकलनको कार्य गरयौं” उनले भने, “त्यसपछि प्राप्त तथ्याङकलाई कम्प्युटरमा प्रष्टि गरी सफ्टवेयरको माध्यमबाट चार श्रेणीका किसानको पहिचान गरी परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।”

परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई बीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलब्ध गराइने उनले जानकारी दिए । नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोवास गर्ने वास्तविक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि बर्गीकरण सहितको परिचय पत्र वितरण भैरहेको बताए ।