१३ भाद्र २०८३, शनिबार
,
Latest
ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती भोटेकोशीमा बाढीको जोखिम कायमै पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

ललितपुर । आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।