७ कार्तिक २०८१, बुधबार
,
Latest
केएल राहुलको बचाउ गर्दै गौतम गम्भीरले भने – सामाजिक सञ्जालले प्लेइङ–११ तय गर्दैन भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने व्यावसायिक एवम् निष्ठावान हुन प्रहरी महानिरिक्षकको मातहतका निकायलाई निर्देशन जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु ग्लोबल आइएमई बैंकको मुनाफा २३.३६ प्रतिशतले बढ्यो ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन ४० बढी संरचना भत्काइए



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार एकै दिन ४० बढी अवैध संरचना भत्काएको छ ।

अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो ।

उक्त कार्यअन्तर्गत सोमबार कामपा र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ ।

त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

त्यस्तै माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्याङ र खुसिबुँमा पनि अवैध रुपमा निर्माण गरिएको छ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाको तयारी हो ।

कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन् ।