१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिट बाँडफाँट सम्पन्न गर्न सबै दलहरु लचिलो हुनुको विकल्प छैनः मन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति पूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरु लचिलो हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरुको छलफलका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल निर्णयको नजिक रहेको बताउनु भयो । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताउनु भयो । उहाँले बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिनुभयो । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकको अवस्था सकारात्मक छ, दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको छ । निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल अघि बढीरहेको छ । अहिलेको आवश्यक्ता सबैले लचिलो हुनुको विकल्प छैन । तथापि पनि दलहरुको आफ्नो आफ्नो अडान छ । ती अडानमा हामीले अलिकति सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढेको अवस्था छ । छलफल बाँकी नै रहन्छ । एकै सिटमा दुई,तीन पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गरेर एउटा मात्रै गठबन्धनको उम्मेदवार बनाउनुपर्ने छ ।’

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरुले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताउनु भयो । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ ।