२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री यादव र राजदूत अहमदबीच ‘कोप–२७’ बारे छलफल



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव तथा नेपालका लागि इजिप्टका राजदूत नोहाहाम्दी अहमदबीच आज मन्त्रालयमा भेटवार्ता तथा छलफल भएको छ । उहाँहरुका बीचमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा नेपालको सहभागिता र सो सम्मेलनसँग सम्बन्धित अन्य समसामयिक विषयमा छलफल भएको हो ।

जलवायुसम्बन्धी उक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२७ इजिप्टको शर्म–अल–शेखमा सन् २०२२ नोभेम्बर ७ देखि १८ सम्म आयोजना हुँदैछ । सो सम्मेलनमा नेपालले पनि सहभागिता जनाउँदैछ ।

आज भएको उक्त भेटका क्रममा राजदूत अहमदले कोप–२७ मा सहभागिताका लागि मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो । मन्त्री यादवले कोप–२७ मा नेपालका तर्फबाट एक उच्चस्तरीय टोली सहभागी हुने र त्यसका लागि तयारी भइरहेको जानकारी राजदूतलाई गराउनुभएको थियो ।