२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्ध नागरिकता विधेयकको विषयमा प्रर्दशन गर्नु उदेक लाग्दो कुरा: कमल थापा



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा नेपाली कांग्रेस निकट विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध प्रर्दशन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरु राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् ।

थापाले भनेका छन ‘प्रत्येक नेपालीले सरल ढंगबाट नागरिकता पाउनुपर्छ।जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन