२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्ध नागरिकता विधेयकको विषयमा प्रर्दशन गर्नु उदेक लाग्दो कुरा: कमल थापा



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर राष्ट्रपतिविरुद्ध प्रर्दशन गर्नु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा नेपाली कांग्रेस निकट विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध प्रर्दशन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरु राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् ।

थापाले भनेका छन ‘प्रत्येक नेपालीले सरल ढंगबाट नागरिकता पाउनुपर्छ।जन्मशिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागुहोस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ। युवाहरु राजनीतिक स्वार्थको गोटि बन्नु हुँदैन