५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह



file
अ+ अ-

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उहाँले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको हो । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”

प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरीसकेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।




भर्खरै