१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

श्राद्ध किन र कसले गर्ने ?

मृतकप्रति देखाउने वा गरिने कार्यमात्र श्राद्ध होइन

श्राद्ध किन र कसले गर्ने ?
अ अ+ अ-

श्रद्धापूर्वक मृतकको तिथिमा गरिने अनुष्ठानलाई श्राद्ध भनिन्छ । ‘श्रत् धातुको अर्थ सत्य हुन्छ । ‘श्रत्, सत्यं ददातीति श्रद्धा अर्थात्, जसले भित्री हृदयदेखि सत्य मानेर, विश्वास र भक्तिभावले कार्य गर्छ, उपहार चढाउँछ त्यसलाई श्रद्धा भनिन्छ । श्रद्धया दीयते, हूयते, क्रियते तद् श्राद्धम् अर्थात्, श्रद्धाले दिने, हुने, गर्ने कार्यलाई श्राद्ध भनिन्छ । श्रद्धाभित्र भक्ति, विश्वास र विधान तीन तत्व रहन्छन् । मृतकप्रति देखाउने वा गरिने कार्यमात्र श्राद्ध होइन ।

विद्यार्थीले मिहिनेत गरेर पढ्नु, स्वास्थ्यकर्मीले रोगीको उपचार गर्नु, सानालाई माया र ठूलालाई आदर गर्नु श्राद्धका उदाहरणहरू हुन् । तैतिरीयोपनिषद्मा श्राद्धको महिमा र ऋग्वेदमा श्राद्धसूक्त छ । संसारका हरेक धर्मावलम्बी र नास्तिकले दैनिकरूपमा श्राद्ध नगरी बस्नै सक्दैनन् । मन्दिरमा वेद र गीता, चर्चमा बाइबल, मस्जिदमा कुरान, गुम्बामा त्रिपिटक पढ्नु पनि श्राद्ध हुन् ।

ब्रम्हाण नै श्रद्धा र श्राद्धमा अडेको छ । श्राद्धले पितृहरू तृप्त हुन्छन्, सन्ततिलाई दीर्घायु, धन, विद्या, सुख, प्राप्त हुन्छ । राज्यमा शान्ति छाउँछ, प्रेतले स्वर्ग र मोक्ष प्राप्त गर्दछन् । भगवान्, ऋषि र मानवले श्राद्ध गर्दछन् । भगवान् रामले दशरथको देहान्त भएको थाहा पाएपछि जल चढाउँदै “हे महाराजाधिराज – मैले दिएको यो शुद्ध जल पितृलोकमा आजै पाउनुहुनेछ, हजुरले ग्रहण गर्नुहोस्” भनेका थिए ।

संस्कृतभाषालाई देवभाषा भनिन्छ र वेदलाई परमात्माको श्वास भनिन्छ । देवता र पितृले शुद्धता खोज्छन् । संस्कृतभाषा सबै लोकमा प्रचलित एवं शुद्ध भएकाले श्राद्धमा वेदका मन्त्र प्रयोग गरिन्छ । मन्त्रमा पितृलाई बोलाउने, तृप्त गराउने शब्दशक्ति हुन्छ । पशुपंक्षी, किरा–वनस्पतिसहित विभिन्न भूगोल, धर्म, जातका मृतकले संस्कृतभाषा बुझ्ने हुँदा मन्त्रित सामग्री पाउँछन् ।

शास्त्रहरूले पृथ्वीबाट दक्षिणदिशामा पितृलोक रहेको बताउँछ । त्यसकारण दाहिने हातको बुढीऔँलाबाट दक्षिणदिशामा पितृहरूलाई तर्पण दिइन्छ र बत्ती पनि दक्षिण फर्काएर बालिन्छ । मृतक बुबा, हजुरबुबा र परबाजेले क्रमशः वसु, रुद्र र आदित्य देवताका रूप लिई श्रद्धाले दिएको पदार्थ ग्रहण गर्दछन् । यज्ञका दुईवटी श्रीमती छन्–स्वाहा र स्वधा । यज्ञको फल लैजाने काम स्वाहाले गर्दछिन्, त्यसैले देवतालाई अर्पण गर्दा स्वाहा र पितृलाई दिँदा स्वधा भनिन्छ । जसरी इमेल, फोन, फ्याक्स आदिबाट आवाज वा लिखित सामग्री गएको देखिँदैन तथापि सम्बद्ध ठाउँमा पुग्छ, त्यसरी नै श्राद्धमा अर्पित वस्तु पितृसम्म पुगेको छालाको आँखाले देख्न सकिँदैन । पितृलाई पठाएका पदार्थलाई मन्त्रले गुप्त रूपमा उनीहरूसमक्ष पु-याइदिन्छ ।

यथा धेनुसहस्रेषु वत्सो विन्दति मातरम् ।
तथा पूर्वकृतं कर्म कर्तारमनुगच्छति ।।
–महाभारत (शान्तिपर्व ३२१।९३)

अर्थात्, ‘ “जसरी हजारौँ गाईहरूका बथानमा बाच्छोले आमालाई चिनेर पछि लाग्छ, त्यस्तै पूर्वजन्मका कर्म पनि कर्ताको पछि लाग्छ ।” हजारौँ गाईहरूका बाच्छा–बाच्छीलाई एकैपटक छोडी दिँदा जसरी गाईले आफ्नो बाच्छा–बाच्छीलाई र बाच्छा–बाच्छीले आफ्नी आमालाई चिन्दछन्, त्यसरी नै छोरा, नातिहरूले पठाएका तर्पण, पिण्डका साथै उनीहरूका पूर्वजन्मका पाप–पुण्यहरू पितृले प्राप्त गर्दछन् । सन्ततिहरूले चढाएका पदार्थलाई मृतकले जहाँ जन्म लिएको छ, जे खान्छ, त्यही रूपमा प्राप्त गर्दछ ।

जस्तै कोरिया, जापान, अमेरिका, बेलायत आदि देशमा भएका आफन्तहरूले पठाएको पैसा नेपाली रुपैयाँमा पाइन्छ, त्यसरी नै पितृले सन्तानद्वारा अर्पण गरेको पदार्थ प्राप्त गर्दछन् । आफूलाई सम्झिएर, श्रद्धासहित सन्तानले अर्पण गरेको थाहा पाउँदा पितृहरू तृप्त हुन्छन् । बगैँचाका फूलको बासना र दृश्यबाट मानिस आनन्दित भएझैँ देवता र पितृहरू देखेर तृप्त हुन्छन् । मृतकहरुले खानुपर्दैन, स्मरण गर्न साथ त्यही पदार्थले अघाएको आभास हुन्छ ।

कुनै पनि वस्तुको उपभोग गर्न शरीर चाहिन्छ । मृतकको शवयात्रादेखि अन्त्येष्टिका बीचमा १. शव, २. पान्थक, ३. खेचर, ४. भूत, ५. साधक गरी पाँच पिण्ड दिँदै आत्माले (पृथ्वी, जल, तेज, आकाश, वायुले युक्त) देह धारण गरोस् भन्ने कामना गरी अग्निदाह गरिन्छ ।

यद् वो अग्निरजहादेकमङ्कं पितृलोकं गमयन् जातवेदः ।
तद्वः एतत्पुनराप्यामि साङ्गास्स्वर्गे पितरो मादयध्वम् ।।
–अथर्ववेद (१४।४।६४)

अर्थात्, “हे मेरा पितृ हो जातवेद नामक अग्निले तपाईंहरूको शरीरलाई जलाइदियो, तपाईहरूको नाममा जुन पिण्ड वेदमन्त्रद्वारा अर्पित गरेको छु, त्यसले तपाईहरूको शरीरको पुनः निर्माण हुन सकोस् र त्यही शरीरको माध्यमबाट स्वर्गको उपभोग गरी बस्नुहोस् ।” मरेको दश दिनसम्म मृतकका नाममा नियमितरूपले एक–एक पिण्ड दिइन्छ, जसबाट पाँच कर्मेन्द्रिय र पाँच ज्ञानेन्द्रिययुक्त शरीर तयार भई आत्मा प्रवेश गर्दछ ।

पहिलो दिन दिएको पिण्डले टाउको, दोस्रो दिन दिएकोले कान, नाक र आँखा । तेस्रो दिन घाँटी, छात्ती, हात । चौथो दिन नाभी, लिड्ड, गुदा । पाँचौँ दिन तिघ्रा, खुट्टा, जाँघ । छैटौँ दिन शिरको मर्मस्थल । सातौँ दिन सबै नाडीहरू । आठाैँ दिन दाँत । नवाेँ दिन वीर्य, तेज र बल । दशौँ दिन क्षुधा, पेट आदिको निर्माण भएर पूर्ण शरीर बन्दछ ।

मृतकर्मसम्बन्धी पुस्तक र ज्योतिषशास्त्रमा यसको व्यापक वर्णन छ । मानिसले मात्र होइन पशुपंक्षीले पनि मृतकको वरिपरि जम्मा भई आफ्नो तरिकाले शोक व्यक्त गर्दछन् । परेवा, काग, गाई, कुकुर, घोडा आदिले दुःख व्यक्त गरेको, रोएको देख्न सकिन्छ । यिनीहरूले आफ्नो मालिक वा घरमा कुनै दुर्घटना हुँदैछ भने आफ्नै भाषामा पूर्वजानकारी दिन्छन् ।

बुबा–आमा बाँचुन्जेल श्रद्धाभक्तिसहित पालनपोषण, सेवा सुश्रुषा गर्ने सन्तानले दिएको पिण्डपानीमात्र पितृहरूले खुसी भएर लिन्छन् । सन्तान नहुनेका निम्ति सगोत्र, सबन्धु, ब्राम्हण वा राजा(राष्ट्रप्रमुख)ले पिण्ड दिने विधान छ । अन्न, तिल, जल, दूध, घ्यू, मह, धूप र दीपलाई पिण्डका आठ अङ्ग मानिन्छ । विधानअनुसार अर्पण गरेमात्र पितृ तृप्त हुन्छन् । साधु संन्यासीहरू साधनाबाट मुक्ति हुने हुनाले श्राद्ध गरिँदैन । उनीहरूको तिथिविशेष पारेर शिष्य र शुभचिन्तकले भण्डारा खुवाउँछन् । श्राद्ध मिति (गते)को आधारमा होइन तिथिको आधारमा गरिन्छ । तीर्थयात्राको समयमा यो नियम लागु हुँदैन । श्राद्धको प्रकृतिअनुसार पिण्डको आकार एवं पिण्ड बनाउने पदार्थ फरक हुन्छन् ।

आद्र्रामलक मात्रांस्तु पिण्डान्कुर्वीत पार्वणे ।
एकोद्दिष्टे विल्वमात्रे पिण्डमेकतु निर्वपेत् ।।
नवश्राद्धे स्थूलतरं तस्मात्पिण्डं तु निर्वपेत् ।
तस्मादपि स्थुलतरं मा शौचे प्रतिवासरम् ।।

पार्वण श्राद्धमा अमलाको दाना जत्रो, एकोद्दिष्टमा बेलको दाना जत्रो, नवश्राद्धमा ठूलो पिण्ड बनाएर पितृलाई अर्पण गर्नुपर्दछ । श्राद्धको बाèभन्दा भित्री पक्षमा दर्शन, विज्ञान र इतिहास लुकेको छ । पिण्डको अर्थ शरीर वा स्वरूप हुन्छ । श्राद्धमा अर्पित पिण्डको सीधासम्बन्ध शरीरसँग हुन्छ ।

मृतकहरूको कर्मफल राम्रो नभएमा वायुमण्डलमा घुमिरहन्छ । पुण्यात्माले जन्म लियो तर असल संस्कार पाएन भने तुरुन्तै देह त्याग गर्दछ । कुमारत्व र कुमारीत्व गुमाएर विवाह गरेकाबाट संस्कारयुक्त बच्चा जन्मदैन भन्ने विषयलाई बौद्धधर्मले पनि स्वीकार गरेको छ । उच्चकोटिका साधकहरूले साधना सम्पन्न चेलाहरूलाई आफ्नो आत्मालाई असल गर्भमा प्रवेश गराउन सहयोग लिने परम्परा अहिलेसम्म तिब्बतक्षेत्रमा लोकप्रिय छ । जसलाई साधनाको ज्ञान र अभ्यास छैन त्यसलाई यी विषय काल्पनिक लाग्नु स्वाभाविकै हो । सनातनधर्ममा सत्य र सतीत्वको ठूलो महत्व छ । यसले देवता, पितृ र प्रेतसम्मको अनुष्ठानमा असर गर्दछ ।

श्राद्धले पितृको स्मरण गराउँछ, कुल र मूल, संस्कार र संस्कृति, इतिहास र स्मृतिलाई जोगाउँछ । चरित्रवती नारी र पुरुषबाट जन्मनाले धर्म, राष्ट्र र कुलपरम्परालाई जीवन्त राख्दछन् । चरित्रहीनबाट जन्मिएकाले पिण्डपानीकै लोप गराउँछन् । कबीर साहेबले भन्नुभएको छ– ‘जीते बापको रोटी न देवें । कौवा बाप बनै हौँ । वृद्धलाई खानामा भन्दा प्रेम, सद्व्यवहार, सेवाको बढी आवश्यक पर्छ । जिउँदो छँदा केही नगर्ने तर मरेपछि तिथिमा कपाल खौरनेजस्ता आडम्बरमा तुक हुँदैन ।

जिउँदोमा पीडा मरेपछि पिण्ड दिने होइन बाँच्दैमा सेवा गर्नु हाम्रो कर्तव्य र दायित्व हो । मरेको तिथिमा दीनदुःखीलाई खुवाउने, दानदक्षिणा दिने, उनीहरूको नामबाट पुरस्कार वितरण गर्ने आदि सेवामूलक कार्य पनि श्राद्ध हो । सबै धर्म, क्षेत्र र वर्गका मानिसले श्राद्ध गरेको पाइन्छ । पुर्खाको सम्पत्ति लिन होड चल्ने तर उनीहरुलाई नसम्झन नसक्ने सन्तान हुनै सक्दैन । यसकारण हरेक नेपालीले, प्रत्येक सन्तानले पितापुर्खाको याद गर्नुपर्छ अर्थात् श्राद्ध गर्नै पर्छ ।