१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापालाई धक्का, थापाको उपाध्यक्षलाई ओलीले भित्र्याए



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरे । उनी पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए ।

सल्यान जिल्लाको शारदा नगपालिका वडा नंं. ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।

नेता राय सल्यानमा बौद्धिक, प्रभावशाली र प्रतिष्ठित नेताका रूपमा चिनिन्छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाहको उपस्थिति रहेको थियो ।