२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा जानुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिनुभएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा जानुभएको हो ।

सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्जा गाउँपालिकामा पुगेको छु”, उहाँले भन्नुभयो, “अब कनकासुन्दरीमा रहेको विशेष आर्थिक क्षेत्र खिच्चने अवस्था अवलोकन गर्न जाँदैछु ।”

त्यहाँ पुगेर आवासीय तालिम केन्द्र निर्माणका लागि विस्तृत नापजाप तयार गरेर फर्कने मुख्यमन्त्री शाहीले बताउनुभयो । खिच्चने भन्ने ठाउँमा राम्रो भएकाले उच्च हिमाली स्टाफ कलेजको अवधारणा अगाडि बढाउँदा रारा जाने पर्यटकको आकर्षण बढ्ने सम्भाव्यता पनि त्यत्तिकै भएकाले त्यसतर्फ पनि ध्यान दिइएको उहाँले जनाउनुभयो ।

मुख्यमन्त्री शाहीसहितको प्रदेशको टोलीले सिञ्जा सभ्यता, त्यहाँको पुरातात्विक तथा ऐतिहासिक सम्पदा र तिनको पछिल्लो अवस्था बुझ्ने छ । त्यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालित पूर्वाधार तथा प्रदेश विशेष कार्यक्रम तथा योजनाको पनि अनुगमन तथा निरीक्षण गरेर शनिबार सुर्खेत फर्कने कार्यतालिका रहेको उहाँले जनाउनुभएको छ ।