२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सिञ्जा भ्रमणमा



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सिञ्जा भ्रमणमा जानुभएको छ । कर्णाली प्रदेश विशेष कार्यक्रम कार्यान्वयनका सम्बन्धमा बिहीबार जुम्लामा आयोजित छलफल तथा अन्तक्र्रियामा भाग लिनुभएका मुख्यमन्त्री शाही आज सिञ्जा भ्रमणमा जानुभएको हो ।

सिञ्जा क्षेत्रमा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा अवस्थित सङ्घ तथा प्रदेशका विभिन्न योजना तथा संरचना निर्माणको अवस्थाबारे जानकारी लिन र त्यसको अध्ययन गर्न त्यसतर्फको भ्रमणमा रहेको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । “अहिले म हिमा गाउँपालिका हुँदै सिञ्जा गाउँपालिकामा पुगेको छु”, उहाँले भन्नुभयो, “अब कनकासुन्दरीमा रहेको विशेष आर्थिक क्षेत्र खिच्चने अवस्था अवलोकन गर्न जाँदैछु ।”

त्यहाँ पुगेर आवासीय तालिम केन्द्र निर्माणका लागि विस्तृत नापजाप तयार गरेर फर्कने मुख्यमन्त्री शाहीले बताउनुभयो । खिच्चने भन्ने ठाउँमा राम्रो भएकाले उच्च हिमाली स्टाफ कलेजको अवधारणा अगाडि बढाउँदा रारा जाने पर्यटकको आकर्षण बढ्ने सम्भाव्यता पनि त्यत्तिकै भएकाले त्यसतर्फ पनि ध्यान दिइएको उहाँले जनाउनुभयो ।

मुख्यमन्त्री शाहीसहितको प्रदेशको टोलीले सिञ्जा सभ्यता, त्यहाँको पुरातात्विक तथा ऐतिहासिक सम्पदा र तिनको पछिल्लो अवस्था बुझ्ने छ । त्यस्तै प्रदेश सरकारअन्तर्गत सञ्चालित पूर्वाधार तथा प्रदेश विशेष कार्यक्रम तथा योजनाको पनि अनुगमन तथा निरीक्षण गरेर शनिबार सुर्खेत फर्कने कार्यतालिका रहेको उहाँले जनाउनुभएको छ ।




भर्खरै