९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन–३ बाट नै चुनाव लड्छु ,दायाँबायाँ सोच्ने कुरा नै छैन: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा चितवन–३ बाट नै उठ्ने बताउनु भएको छ ।

पोखरामा आज सञ्चारकमीसँगको अन्तरक्रियामा बोल्दै प्रचण्ड ले भन्नुभयो चितवन–३ बाट नै उठ्छु चितवन छाड्दा डराएर हिँडेको जस्तो हुन्छ त्यसैले दायाँबायाँ सोच्ने कुरा नै हुदैन ।

उहाँले आफु चुनाव जित्नेमा पूरा कन्फिडेन्स रहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै भन्न चाहन्छु । तर म अहिले चितवनबाटै लड्छु । मेरो दिमागमा दायाँबायाँ अर्को छैन ।’

तस्बिरः जमुनावर्षा शर्मा-रासस