२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार देशभरका हलहरु बन्द हुने



अ+ अ-

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने निर्णय गरेको छ ।

चलचित्र आयातमा बाधा उत्पन्न गरेको र स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खाजेको भन्दै संघले हल बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत आज जानकारी सार्वजनिक गरेको हो ।

तथा संघको मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेकाले भन्दै संघले हल बन्द गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत आज जानकारी सार्वजनिक गरेको हो ।

संघका महासचिव नरेन्द्र महर्जनले सरकारले आफ्ना माग पूरा नगरेको र संघको मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गरेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

यता सिंगल र मल्टिप्लेक्सहलहरूले भने शुक्रबार रिलिज हुने नेपाली चलचित्र ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी का लागि शो उपलब्ध गराएका छैनन् । बिहीबार दिउँसोसम्म पनि सिनेमा हलहरूले शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।