• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै ★   चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा ★   ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक ★   यी खेलाडीका कारण चेन्नईले आरसीबीसँगको खेल गुमाउनुपर्यो ★   प्रिमियर लिगको अन्तिम खेल आज, सिटी र आर्सनल उपाधि होडमा ★   संसद बैठक २ बजेका लागि सर्‍यो ★   अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छ: मन्त्री श्रेष्ठ ★   जब प्राधिकरणले चेपाङ बस्तीमा नि:शुल्क मिटर बाँड्यो… ★   म्याक्सवेलले आरसीबीलाई १५ वर्षपछि यस्तो उपलब्धी दिलाए ★   दु:खबाट मुक्ति पाउन मोहिनी एकादशीको व्रत

बलात्कार आरोप लागेका सन्दीपमाथि आईसीसीले लियो चासो



काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि चासो लिएको छ ।

एक १७ वर्षीय नाबालिग किशोरीले सन्दीपमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीसमक्ष किटानी जाहेरी दिएपछि आईसीसीले पनि सो घटनाबारे चासो देखाएको हो ।

यद्यपि सन्दीपले घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै नेपाल क्रिकेट संघ (क्यान) सँग कानूनी उपचारमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका)मा छन् । सन्दीपबारे लागेको आरोपबारे सीपीएलले पनि जानकारी पाएको तर खेलमा कुनै असर नपर्ने बताएको जनाइएको छ ।

आईसीसीले भने उनलाई लागेको अभियोगबारे के हुनसक्छ भनी चासो राखेको बताइएको छ । बलात्कारसम्बन्धी आरोपप्रति आईसीसी पनि संवेदनशील भएको बुझिएको छ ।