११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमा सरुवा

सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमा सरुवा
अ अ+ अ-

काठमाडौँ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली अर्थमन्त्रालयमा सरुवा भएका छन् । यद्यपि उहाँको अर्थमन्त्रालयमा जिम्मेवारी नतोकिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहको उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा ल्याइएको थियो । त्यहाँ उनले ३३ महिना काम गरेका थिए ।

कर प्रशासनअन्तर्गतको क्याडर उनले तत्कालीन अर्थसचिव डा राजन खनालसँग मिलेर नक्कली भ्याट नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राजस्व अनुसन्धान विभागमा रहँदा करछलि सम्वन्धी ३० अर्ब रुपैयाँ भन्दा बढी विगो मागदावी गरी अदालतमा मुद्दा दर्ता गराएका उनले नक्कली भ्याटविल प्रयोग गरी राष्ट्रिय अपराध गर्ने गिरोह पत्ता लगाई दोषीलाई मुद्दासमेत दायर गरेका थिए।

उनकै पालामा विभागमा भीसीटीएस प्रणाली जडान गरी करछलीलाई नियन्त्रण गर्ने काम भएको थियो भने ठुला करदाता कार्यालय रहँदा उनले एनसेल सेयर खरीद बिक्रीमा पुँजीगत लाभकर लिनुपर्ने अडान राखेका थिए ।

उच्च राजनीतिक तहदेखि कर्मचारीसम्म एनसेललाई पुँजीगत लाभकर लगाउने बारे निर्णय गर्न नसकेको बेला मैनालीले अर्थका उच्च अधिकारीलाई कन्भिन्स गराई एनसेललाई कर निर्धारण गरेरै ठूला करदाताबाट बाहिरिएका थिए।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समयमा मैनाली अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । सोही समयमा उनी मन्त्रीस्तरीय निर्णयबाट नेपाल स्टक एक्सचेन्ज ९नेप्से० अध्यक्षमा समेत नियुक्त भएका थिए ।

वर्तमान सरकार गठन भएसँगै जनार्दन शर्मा अर्थमन्त्रालयमा आएपछि उनलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।