२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमा सरुवा



अ+ अ-

काठमाडौँ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली अर्थमन्त्रालयमा सरुवा भएका छन् । यद्यपि उहाँको अर्थमन्त्रालयमा जिम्मेवारी नतोकिएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहको उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा ल्याइएको थियो । त्यहाँ उनले ३३ महिना काम गरेका थिए ।

कर प्रशासनअन्तर्गतको क्याडर उनले तत्कालीन अर्थसचिव डा राजन खनालसँग मिलेर नक्कली भ्याट नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । राजस्व अनुसन्धान विभागमा रहँदा करछलि सम्वन्धी ३० अर्ब रुपैयाँ भन्दा बढी विगो मागदावी गरी अदालतमा मुद्दा दर्ता गराएका उनले नक्कली भ्याटविल प्रयोग गरी राष्ट्रिय अपराध गर्ने गिरोह पत्ता लगाई दोषीलाई मुद्दासमेत दायर गरेका थिए।

उनकै पालामा विभागमा भीसीटीएस प्रणाली जडान गरी करछलीलाई नियन्त्रण गर्ने काम भएको थियो भने ठुला करदाता कार्यालय रहँदा उनले एनसेल सेयर खरीद बिक्रीमा पुँजीगत लाभकर लिनुपर्ने अडान राखेका थिए ।

उच्च राजनीतिक तहदेखि कर्मचारीसम्म एनसेललाई पुँजीगत लाभकर लगाउने बारे निर्णय गर्न नसकेको बेला मैनालीले अर्थका उच्च अधिकारीलाई कन्भिन्स गराई एनसेललाई कर निर्धारण गरेरै ठूला करदाताबाट बाहिरिएका थिए।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समयमा मैनाली अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए । सोही समयमा उनी मन्त्रीस्तरीय निर्णयबाट नेपाल स्टक एक्सचेन्ज ९नेप्से० अध्यक्षमा समेत नियुक्त भएका थिए ।

वर्तमान सरकार गठन भएसँगै जनार्दन शर्मा अर्थमन्त्रालयमा आएपछि उनलाई प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो ।