२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बीच भेट



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले बीच भेट वार्ता भएको छ । आइतबार अपरान्ह काठमाडौं आईपुगेका चौथाइवालेले बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो ।

भेटमा नेपाली कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध , नेपाल भारत सम्बन्ध लगायत बिषयमा कुराकानी भएको जनाईएको छ ।  गठबन्धनका तर्फबाट देउवा प्रधानमन्त्री  बनेपछि भारतीय नेताको यो माथिल्लो तहको भ्रमण हो । चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।