५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ



symbolic picture
अ+ अ-

दार्चुला । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।

जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ ।

डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताउनुभयो । “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।”

एडिस (एजिप्टाई_ जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गुु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउनुहुन्छ ।

कैदीको उपचारमा समस्या

जिल्ला कारागारका कैदीबन्दीमा डेङ्गु भेटिएको छ । ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेङ्गु भेटिएको हो । अहिलेसम्म कारागारका सात जनामा डेङ्गु भेटिएको जिल्ला अस्पतालले जनाएको छ ।

कारागारमा डेङ्गुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताउनुभयो । जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ । कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उहाँले बताउनुभयो । अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन् । उहाँले भन्नुभयो, “कारागारभित्र डुेङ्गु नियन्त्रणका लागि प्रयास भइरहेको छ ।




भर्खरै