• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

देउवासँग जिल्ला सभापतिहरूको माग- प्रत्यक्षमा एक भोट रुखमा हाल्न पाउनुपर्छ



काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले गठबन्धन गर्दा कांग्रेसका मतदाताले कम्तीमा पनि एक मत प्रत्यक्ष तर्फ रुखमा हाल्न पाउनुपर्ने माग राखेका छन् ।

आज नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जिल्ला सभापतिहरूले प्रत्यक्षमा कम्तीमा पनि एक भोट रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न माग राखेका हुन् ।

देउवासँगको सो भेटमा प्रदेशका ८ जिल्लाका सभापतिहरुको उपस्थिति रहेको थियो । जसमा ५ जना सभापतिको समर्थन रहेको छ ।

केन्द्रीय सभापति देउवा यसविषयमा प्रतिबद्ध र सकारात्मक रहेको काभ्रेका सभापति तीर्थ लामाले बताएका छन् ।

सो भेटमा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङका सभापतिहरु सहभागी भएका थिए ।