• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

९० दिनभित्र भवनको नक्सा पास गर्न महानगरको निर्देशन



फाईल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका भवन तथा घरको नक्सा ९० दिनभित्र पास गर्न म्याद दिएको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समय सीमा दिएको हो ।

तोकिएको समयभित्र नक्सा पास नगरेमा सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउने सो सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै महानगरपालिकाले अर्को सूचना जारी गर्दै नक्सा पास नगरिएका अनधिकृत कम्पाउन्डको पर्खाल ३५ दिन भित्र हटाउन आग्रह गरेको छ ।

मापदण्डविपरीतका सीमा पर्खाल महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।