• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार

प्रचण्डको जनार्दनलाई जवाफ: तपाईंलाई हुर्काउन मेरो पनि मुख्य भूमिका छ(भिडियो सहित)



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव पद अस्वीकार गरेका नेता जनार्दन शर्मालाई पार्टी नेताहरुको रक्षा गर्न र हुर्काउन आफूले मुख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

बुधबार अनेरास्ववियु क्रान्तिकारी फोर्सको कार्यक्रममा उहाँले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होउन् भन्ने चाहेको भन्दै अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन् भन्ने रहेको बताउनुभयो ।

सोही कार्यक्रममा नेता शर्माले आफू कार्यक्रममा उपमहासचिवको हैसियतले नभई संगठन विभाग प्रमुखका हैसियतमा उपस्थित भएको बताएका थिए ।

उनले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक र सबैभन्दा ठूलो रक्षकसमेत भएको बताएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले जनार्दनले नीति र नेतृत्वको रक्षाको कुरा गरेको उल्लेख गर्दै नेता शर्मालाई रक्षा गर्न र हुर्काउन आफ्नो पनि भूमिका रहेको बताउनुभयो ।