६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत



अ+ अ-

काठमाडौँ । उम्मेदवारी मनोनयन दर्ताको तालिकाअनुसार एकएक जनाको मात्रै उम्मेदवारी परेपछि राष्ट्रियसभाका विषयगत चार समितिका सभापतिहरु सर्वसम्मत भएका छन्।

राष्ट्रिय सरोकार समितिको सभापतिमा नेकपा (एमाले) की पार्वती रावल (दिलकुमारी), विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्मा र दिगो विकास तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका प्रकाश पन्थको मात्र उम्मेदवारी परेको छ।

कार्यकाल सकिएपछि राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरु पद गत फागुन २१ गते बिदा भएका थिए । सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन हुनेछ ।