२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेटः श्रीलंकाद्वारा भारत छ विकेटले पराजित



अ+ अ-

दुबइः युएइको दुबइमा जारी एसिया टी२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे खेलमा श्रीलंकाले भारतलाइ छ विकेटले पराजित गरेको छ । सुपर चारमा भएको यस खेलमा पराजयसँगै भारतको फाइनल पुग्ने संभावना लगभग समाप्त भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलको सामना गरेका उनले ५ चाैका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै, सूर्य कुमार यादवले ३४, हार्दिक पान्ड्या र ऋषभ पन्तले समान १७, १७ रन बनाएका थिए ।

एक सय ७४ रनको लक्ष पछ्याएको श्रीलंकाको शुरूवात निकै प्रभावशाली रहेको थियो । पहिलो विकेटका लागि ९७ रनको पारि खेले पनि त्यसपछि लगातार तीन विकेट गुमाएर श्रीलंका दबाबमा परेको थियो ।

श्रीलंकाका लागि दुबै प्रारम्भिक ब्याट्सम्यान पाथुम निस्सान्काले ५२ तथा बी मेन्डिसले ५७ रन बनाएका थिए । तर त्यसपछि के असालान्काले ०, एम गुनथिलकाले १ रन बनाएर बिदा भए । तर सनाका र राजपाक्षले खेललाइ रोमान्चक बनाउँदै श्रीलंकालाइ जित दिलाए । सनाकाले ३३ र राजपाक्षले २५ रन बनाएका थिए ।

समग्रमा श्रीलंकाले १९.४ ओभरमा निर्धारित लक्ष पुरा गरेको थियो ।

भारतीय स्पिनर युजबेन्द्र चहलले ३ र रबिचन्द्र अश्विनले १ विकेट लिएपछि श्रीलंका दबाबमा परेको थियो । तर अन्य बलरले साथ नदिँदा भारतले खेल गुमाएको थियो ।

सुपर चार अंक तालिका

श्रीलंका – २ खेल – ४ अंक
पाकिस्तान – १ खेल – २ अंक
भारत – २ खेल – ० अंक
अफगानिस्तान – १ खेल – ० अंक

बुधबारको खेल

पाकिस्तान vs अफगानिस्तान